NEPAL HERO OF TALENT AUDITION ON JESTHA

“नेपाल हिरो अफ ट्यालेन्ट” पुर्वाञ्चलको स्थानहरुको अडिसन अब जेष्ठमा

 “नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने स्थान र समय

बुटवल, धनगढी, नेपालगञ्ज र घोराहीको यही बैशाखमा अडिसन  जेष्ठमा सारिएको सुचना सम्पुर्ण पाठक, श्रोता,दर्शक तथा ईच्छुक प्रतिभाशाली व्यक्तीहरुमा जानकारी गराईन्छ ।

०७६ जेष्ठ १६ र १७ गते बुटवल अडिसन, न्यु रोज पार्टी प्यालेसमा

०७६ जेष्ठ १९ र २० गते धनगढी, होटल रुबुस

०७६ जेष्ठ २२ र २३ गते नेपालगञ्ज , सि. एस. टि होटल

०७६ जेष्ठ २५ र २६ गते घोराही , होटल माला ईन

एन्जल मिडियाको प्रस्तुती अहिलेसम्मकै सबै भन्दा स्तरीय र ठुलो प्रतियोगीता “नेपाल हिरो अफ ट्यालेन्ट” मौलिक रियालिटी शो रहेको जहाँ एक मात्र प्रतिभा होइन थुप्रै प्रतिभाहरु नित्य, अभिनय गायन  जस्ता प्रतिभाहरु अनुभवी तथा लोकप्रिय निर्णायकहरुद्धारा प्रतिभाहरुबाट प्रतिभाशाली प्रतियोगीहरुलाई छनौट गरिने र प्रथम हुने लाई रु ७० लाख, दोस्रो हुनेलाई रु २० लाख र तेस्रो हुनेलाई रु १० रुपैयाँ पुरस्कार दिइनेछ । टप टेनमा छनौट भएका प्रतियोगिहरुलाई विभिन्न कार्यक्रम गरी स्वदेश र विदेशमा भ्रमण र निशुल्क गित भिडियो रेकर्डिङको पनि व्यवस्था गरीएको छ । जुनसुकै उमेर समुहका मानिसले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने छन् ।

अडिसन आवेदन फारम अडिसन स्थलमा नै गई भरेर अडिसन देखाउन सकिने छ । कलाक्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने छ ।

Leave a Comment