“NEPAL HERO OF TALENT” DHADING AUDITION VABYA RUPMA SAMPANAA

नेपाल हिरो अफ ट्यालेन्ट” को धादिङ्ग को अडिसन भव्य रुपमा सम्पन्न

धादिङ्ग अडिसनमा उत्साहजनक जनसहभागीता

मन्दिरा रायमाझी काठमाण्डौ

 

हिजो ३१ गते धादिङ्ग जीविका हलमा  राखिएको “नेपाल हिरो अफ ट्यालेन्ट ”को  अडिसन भव्य रुपमा सम्पन्न भएको छ । अडिसन निर्णायक टोलीमा गायन विधाकी  निर्णायक पवित्रा गुरुङ्ग , संगीत विधाका निर्णायक ख्याती प्राप्त सगींतकार ओम प्रकाश राई र नृत्य र अभिनय विधाकी निर्णायक नायिका एलिना बास्कोटा रहनुभएको थियो भने कार्यक्रमका  होस्ट सुजना पाण्डे र अक्षजङ्ग रायमाझी हुनुहुन्छ । धादिङ्ग जीविका हलमा राखिएको  अडिसनमा बिहान १० बजे देखि प्रतिस्पर्धीहरुको बाक्लो उपस्थिति रहेको प्रबन्ध निर्देशक र अडिसन टोलि प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

धादिङ्ग जीविका हलमा जम्मा भएको त्यो भिडमा धादिङ्गको  विभिन्न स्थानबाट प्रतियोगीहरु आईपुगेका थिए । गुम्दी गंगा जमुना गाऊ पालिकाबाट आफ्नो प्रतिभा प्रस्तुत गर्न भनी आएका थिए । गित, नृत्य, अभिनय,  जस्ता अन्य प्रतिभाहरु प्रस्तुत गर्न आतुर आम मानिसको भिडलाई बैशाखको गर्मीले भन्दा पनि “नेपाल हिरो अफ ट्यालेन्ट को अडिसनले तताएको थियो ।

एन्जल मिडियाको प्रस्तुती अहिलेसम्मकै सबै भन्दा स्तरीय र ठुलो प्रतियोगीता “नेपाल हिरो अफ ट्यालेन्ट” मौलिक रियालिटी शो रहेको जहाँ एक मात्र प्रतिभा होइन थुप्रै प्रतिभाहरु नित्य, अभिनय गायन जस्ता प्रतिभाहरु अनुभवी तथा लोकप्रिय निर्णायकहरुद्धारा प्रतिभाहरुबाट प्रतिभाशाली प्रतियोगीहरुलाई छनौट गरिने र प्रथम हुने लाई रु ७० लाख, दोस्रो हुनेलाई रु २० लाख र तेस्रो हुनेलाई रु १० लाख,रुपैयाँ पुरस्कार दिइनेछ । टप टेनमा छनौट भएका प्रतियोगिहरुलाई विभिन्न कार्यक्रम गरी स्वदेश र विदेशमा भ्रमण र निशुल्क गित भिडियो रेकर्डिङको पनि व्यवस्था गरीएको छ । ८ बर्ष देखि ६० बर्ष उमेर समुहको प्रतियोगीहरुको सहभागीता रहेको बताउनुभयो ।

अर्को अडिसन काठमाण्डौको बसुन्धारा स्थित यति पार्टी प्यालेसमा यही जेष्ठ ५, ६ र ७ गते बिहान १० बजे देखि ५ बजे सम्म हुने जानकारी गराउनुभयो । अडिसन आवेदन फारम अडिसन स्थलमा नै गई भरेर अडिसन देखाउन सकिने छ । कला क्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने कार्यक्रमको प्रबन्धक  निर्देशक तथा अडिसन टोलिका प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

Leave a Comment