”NEPAL HERO OF TALENT” KATHMANDU AUDITION GRANDLY COMPLETED
Posted on
“नेपाल हिरो अफ ट्यालेन्ट” काठमाण्डौ अडिसन भव्य रुपमा सम्पन्न
५, ६ र ७ गते गरिएको नेपाल हिरो अफ ट्यालेन्टको काठमाण्डौ अडिसन हिजो भव्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको यति पार्टी प्यालेसमा ५, ६ र ७ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म राखिएको अडिसनमा पहिलो दिन, दोस्रो र तेस्रो दिनको अडिसनमा उल्लासपुर्ण जनसहभागिता रहेको थियो । काठमाण्डौ र ललितपुर , भक्तपुर, किर्तिपुर, काभ्रे, धुलिखेल सिन्धुपाल्चोक लगायतका अन्य स्थानहरुबाट आफ्नो प्रतिभा प्रस्तुत गर्न अडिसनमा सहभागी भएका थिए ।
एन्जल मिडियाको प्रस्तुती अहिलेसम्मकै सबै भन्दा स्तरीय र ठुलो प्रतियोगीता “नेपाल हिरो अफ ट्यालेन्ट” मौलिक रियालिटी शो रहेको जहाँ जुनसुकै उमेर समुहका बालक, महिला, युवा युवती वृद्धहरुले आफुमा भएको ट्यालेन्ट जस्तै नृत्य, गायन, अभिनय, जस्ता कलाहरु प्रस्तुत गर्न सकिने छ । एक मात्र प्रतिभा होइन थुप्रै प्रतिभाहरु नृत्य, अभिनय गायन जस्ता प्रतिभाहरु वरिष्ट गायक श्री स्वर सम्राट आनन्द कार्की वरिष्ट सगींतकार श्री ओम प्रकाश राई र एलिना बास्कोटा, गायिका पवित्रा गुरुङ्ग र स्थानिय निर्णायक द्धारा प्रतिभाहरुबाट उत्कृष्ट प्रतिभाहरु छनौट गरियो । ७७ ओटा जिल्लाका प्रतिनिधि सहभागी हुने गरी देशको १४ ओटा प्रमुख शहरहरुमा यस रियालिटी शोको अडिसनमा पुर्वाञ्चलका ९ स्थानहरुको अडिसन सम्पन्न भइसकेको छ ।
प्रतियोगीहरुलाई काठमाण्डौ बोलाई जर्ज राउण्डमा प्रतिस्पर्धा गराई भोटिङ्ग राउण्डको लागी छनौट गरिन्छ । र फाइनल राउण्डबाट कुनै एक प्रतिभाशाली प्रतियोगीहरुलाई विजेता घोषणा गरी रु ७० लाख नगद र नेपालको पहिलो हिरो ट्यालेन्ट घोषणा गरिन्छ, साथै दोस्रो हुने विजेतालाई रु २० लाख र तेस्रो हुनेलाई रु १० लाख र टपटेनमा पुगेका प्रतियोगीहरुलाई विभिन्न साँस्कृतिक कार्यक्रमद्धारा देश र विदेशमा भम्रण र एक वर्ष सम्म अनलिमिटेड भिडियो र अडियो रेकर्डिङ्ग गराईने छ ।
छुटनुभएका र ईच्छुक प्रतियोगीहरुले अनलाईन अडिसन दिन सक्नुहुनेछ । आफ्नो प्रतिभा जस्तै नृत्य, गायन , अभिनय वा अरु जुनसुकै प्रतिभाहरुको भिडियो रेकर्डिङ्ग गरी आफ्नो सम्पर्क नबंर र स्थायी ठेगाना सहित हाम्रो
Facebook page : Nepal Hero of Talent
facebook : Angel media
साथै Gmail: angelprospermedia@gmail.com मा पठाउन सक्नुहुनेछ । त्यसैको आधारमा हजुरलाई छनौट गर्नेछौ र जर्ज राउण्डको लागि काठमाण्डौ बोर्लाईने जर्ज राउण्डमा प्रतिस्प्रधा गराउने र कलाक्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने कार्यक्रमको प्रबन्धक निर्देशक तथा अडिसन टोलिका प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी गराउनु भएको छ । “नेपाल हिरो अफ ट्यालेन्ट” रियालिटि शो अब चाडै नै हिमालय एच । डि च्यानल मार्फत दर्शक माझ आउने प्रक्रियामा रहेको छ ।