NEPAL HERO OF TALENT NARYANGAD AUDITION

नारायणगढ अडिसनमा उत्साहजनक जनसहभागीता

मन्दिरा रायमाझी काठमाडौ

       

 

१३ र १४ गते दुई दिनको नारायणगढको नारायणी कला मन्दिरमा राखिएको “नेपाल हिरो अफ ट्यालेन्ट ”को को निर्णायक टोलीमा गायन विधाका निर्णायक वरिष्ट गायक आनन्द कार्की, सगींत विधाका निर्णायक ख्याती प्राप्त सगींतकार ओम प्रकाश राई र नृत्य र अभिनय विधाकी निर्णायक नायिका एलिना बास्कोटा त्यसै गरी पवित्रा गुरुङ्ग , र स्थानिय निर्णायक  ऋषी गुरुङ्ग रहनुभएको थियो  भने कार्यक्रमको होस्ट सुजना पाण्डे र अक्षजङ्ग रायमाझी हुनुहुन्छ ।अडिसन भव्य रुपमा सम्पन्न भएको छ । नारायणी कला मन्दिरमा पहिलो र दोस्रो दिनको अडिसनमा बिहान १० बजे देखि प्रतिस्पर्धीहरुको बाक्लो उपस्थिति रहेको प्रबन्ध निर्देशक र अडिसन टोलि प्रमुख प्रेम कुमार श्रेष्ठले  जानकारी दिनुभएको छ ।

नारायणी कला मन्दिरमा जम्मा भएको त्यो भिडमा देशको कुना कुनाबाट प्रतियोगिहरु आईपुगेका थिए । भरतपुर, नवलपुर , चितवन , देवघाट , तनँहु , पर्सा नारायणगढ ,ईलाम जस्ता ठाउँबाट आफ्नो प्रतिभा प्रस्तुत गर्न भनी आएका थिए । गित, नृत्य , अभिनय ,जस्ता अन्य प्रतिभाहरु प्रस्तुत गर्न आतुर आम मानिसको भिडलाई बैशाखको गर्मीले भन्दा पनि नेपाल हिरो अफ ट्यालेन्टले तताएको थियो ।

एन्जल मिडियाको प्रस्तुती अहिलेसम्मकै सबै भन्दा स्तरीय  ठुलो प्रतियोगीता नेपाल हिरो अफ ट्यालेन्ट मौलिक रियालिटी शो रहेको जहाँ एक मात्र प्रतिभा होइन थुप्रै प्रतिभाहरु नित्यअभिनय गायन  जस्ता प्रतिभाहरु अनुभवी तथा लोकप्रिय निर्णायकहरुद्धारा प्रतिभाहरुबाट प्रतिभाशाली प्रतियोगीहरुलाई छनौट गरिने र प्रथम हुने लाई रु ७० लाखदोस्रो हुनेलाई रु २० लाख  तेस्रो हुनेलाई रु १० लाख रुपैयाँ पुरस्कार दिइनेछ  टप टेनमा छनौट भएका प्रतियोगिहरुलाई विभिन्न कार्यक्रम गरी स्वदेश  विदेशमा भ्रमण  निशुल्क गित भिडियो रेकर्डिङको पनि व्यवस्था गरीएको  । जुनसुकै उमेर समुहका मानिसले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने छन् ।

अडिसन आवेदन फारम अडिसन स्थलमा नै गई भरेर अडिसन देखाउन सकिने छ । कलाक्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने कार्यक्रमको प्रबन्ध निर्देशक तथा अडिसन टोलिका प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

Leave a Comment