‘NEPAL HERO OF TALENT’ POKHARA AUDITION PAHILO DINKO AUDITION VABAY RUPMA SAMPANNA

“नेपाल हिरो अफ ट्यालेन्ट” को पोखरा को  पहिलो दिनको अडिसन भव्य रुपमा सम्पन्न

पोखरा अडिसनमा उत्साहजनक जनसहभागीता

मन्दिरा रायमाझी काठमाडौ

“बैशाखको चर्को घाम र हावाहुरीको समेत वास्ता नगरी  हातमा पानीको बोटल बोकी आफ्नो प्रतिभा प्रस्तुत गर्न भनि आईरहेका थिए । कोही आफुले प्रस्तुत गर्ने गित गुनगुनाउदै गेटमा अभ्यास गरिरहेका थिए ।  आफ्नो पालो पर्खीएर बसी रहेका प्रतियोगीहरु जब “ नेपाल हिरो अफ ट्यालेन्ट” अडिसनको गेट खुल्यो र सबैजना भित्र पसे । ”

२८ र २९ गते दुई दिनको पोखराको उद्योग वार्णिज्य संघमा राखिएको “नेपाल हिरो अफ ट्यालेन्ट ”को पहिलो दिनको अडिसन भव्य रुपमा सम्पन्न भएको छ ।  निर्णायक टोलीमा गायन विधाका निर्णायक वरिष्ट सगींतकार ओम प्रकाश राई र नृत्य र अभिनय विधाकी निर्णायक नायिका एलिना बास्कोटा त्यसै गरी पवित्रा गुरुङ्ग ,रहनुभएको थियो भने कार्यक्रमको होस्ट सुजना पाण्डे र अक्षजङ्ग रायमाझी हुनुहुन्छ ।उद्योग वार्णिज्य संघमा पहिलो  दिनको अडिसनमा बिहान १० बजे देखि प्रतिस्पर्धीहरुको बाक्लो उपस्थिति रहेको प्रबन्ध निर्देशक र अडिसन टोलि प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

उद्योग वार्णिज्य संघमा जम्मा भएको त्यो भिडमा देशको कुना कुनाबाट प्रतियोगिहरु आईपुगेका थिए । कास्की, तनहुँ, बाग्लुङ्ग जस्ता ठाउँबाट आफ्नो प्रतिभा प्रस्तुत गर्न भनी आएका थिए । गित, नृत्य , अभिनय ,जस्ता अन्य प्रतिभाहरु प्रस्तुत गर्न आतुर आम मानिसको भिडलाई बैशाखको गर्मीले भन्दा पनि नेपाल हिरो अफ ट्यालेन्टले तताएको थियो ।

एन्जल मिडियाको प्रस्तुती अहिलेसम्मकै सबै भन्दा स्तरीय र ठुलो प्रतियोगीता “नेपाल हिरो अफ ट्यालेन्ट” मौलिक रियालिटी शो रहेको जहाँ एक मात्र प्रतिभा होइन थुप्रै प्रतिभाहरु नित्य, अभिनय गायन जस्ता प्रतिभाहरु अनुभवी तथा लोकप्रिय निर्णायकहरुद्धारा प्रतिभाहरुबाट प्रतिभाशाली प्रतियोगीहरुलाई छनौट गरिने र प्रथम हुने लाई रु ७० लाख, दोस्रो हुनेलाई रु २० लाख र तेस्रो हुनेलाई रु १० लाख,रुपैयाँ पुरस्कार दिइनेछ । टप टेनमा छनौट भएका प्रतियोगिहरुलाई विभिन्न कार्यक्रम गरी स्वदेश र विदेशमा भ्रमण र निशुल्क गित भिडियो रेकर्डिङको पनि व्यवस्था गरीएको छ । जुनसुकै उमेर समुहका मानिसले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने छन् ।

अडिसन आवेदन फारम अडिसन स्थलमा नै गई भरेर अडिसन देखाउन सकिने छ । कलाक्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने कार्यक्रमको प्रबन्ध निर्देशक तथा अडिसन टोलिका प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

Leave a Comment