”Nepal hero of talent” provision number – 3 kathmandu audition

‘ नेपाल हिरो अफ ट्यालेन्ट’ को प्रदेश नं ३ काठमाण्डौ अडिसन

        

मन्दिरा रायमाझी  (काठमाण्डौ)

हिजो ‘नेपाल हिरो अफ ट्यालेन्ट’को पहिलो दिनको काठमाण्डौ अडिसनमा उल्लेखनिय जनसहभागीता रहेको थियो । प्रदेश नं ३ को राजधानी काठमाण्डौ   स्थित बसुन्धाराको यति पार्टी प्यालेसमा हिजो बिहानैदेखि  भिड लागेको  थियो  । नेपालकै पहिलो हिरो अफ ट्यालेन्ट बन्ने सपनालाई काँधमा बोकेर जेष्ठको चर्को घामको पर्वाह नगरी प्रतिस्पर्धिहरु लाइनमा लागेर अडिसन दिइरहेका  थिए ।

नेपालकै पहिलो हिरो अफ ट्यालेन्ट खोज्ने अडिसनको दौडाहामा निस्किएको  हिरो अफ ट्यालेन्ट’ को  आज दोस्रो दिनको अडिसनमा जनसहभागीता  रहिरहेको  र अडिसन साँझ ५ बजेसम्म हुने कार्यक्रमका प्रबन्धक निर्देशक तथा अडिसन टोलि प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

वरिष्ट गायक आनन्द कार्की, वरिष्ट सगींतकार श्री ओम प्रकाश राई , नायिका एलिना बास्कोटा गायिका पवित्रा गुरुङ्ग र  स्थानिय निर्णायक रोशन पालुवाद्धारा  प्रतिभाहरुबाट उत्कृष्ट प्रतिभा छनौट गरिन्छ । कार्यक्रमका होस्ट मिस्टर नेपाल अक्षयजङ्ग रायमाझी र मिस कलेज आईकन सुजना पाण्डेको साथमा कार्यक्रमको काठमाण्डौ अडिसन भोली पनि हुने र अडिसन आवेदन फारम अडिसन स्थलमा नै गई भरेर अडिसन देखाउन सकिने छ । कलाक्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने कार्यक्रमको प्रबन्धक निर्देशक तथा अडिसन टोलिका प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी गराउनु भएको छ ।

Leave a Comment